Aamsanchar

विगत चार आर्थिक वर्षदेखि पूर्वीनाका काँकरभिट्टाबाट नेपाल र भुटानबीच हुने व्यापार भुटानको पक्षमा

Author Image
बुधवार, साउन २१, २०७७

मेचीनगर । विगत चार आर्थिक वर्षदेखि पूर्वीनाका काँकरभिट्टाबाट नेपाल र भुटानबीच हुने व्यपार भुटानको पक्षमा बलियो देखिएको छ । पूर्वी नाकाहुदै नेपालबाट भुटानतर्फ निकाशी हुने मालबस्तु भन्दा भुटानबाट नेपालतर्फ पैठारी भई आउने मालबस्तु बढि भएकाले व्यापार भुटानको पक्षमा देखिएको हो ।

चारवर्षमा ४ अर्ब ७ करोड ८४ लाख ४७ हजार १ रुपैयाँका मालवस्तु भुटानबाट आयात भएपनि ४४ करोड १३ लाख २१ हजार २ रुपैयाँ मुल्य बराबरका मालवस्तुमात्र नेपालले निर्यात गरेको छ ।

वितेका आर्थिक वर्ष २०७३/२०७४ देखि २०७५/२०७६ सम्म यी दुईदेशबीचको व्यापार भुटानकै पक्षमा देखिएको थियो । गत आर्थिक वर्ष २०७६ /२०७७ को तथ्यांकले भुटानसंगको व्यापार पनि क्रमशः ओरालो लाग्न थालेको संकेत गर्छ । भुटानसंगको व्यापारमा नेपाललाई साख पनि जोगाउन मुस्किल देखिन्छ ।

मेची भन्सार कार्यालय का“करभिट्टाका अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कुल १ अर्व ८७ करोड २ लाख १३ हजार रुपैया“को वस्तु नेपाल आयात भएको थियो । जवकि ११ करोड ९ लाख ९७ हजार रुपैया“को वस्तुमात्र भुटानतर्फ निर्यात भएको छ । आर्थिक वर्ष २०७५/२०७६ मा नेपालतर्फबाट भुटान १२ करोड ९९ लाख ५८ हजारका मालवस्तु निर्यात हुदाँ १ अर्व ५५ करोड ९६ लाख ९ हजार रुपैैया का सामान भुटानबाट आएको थियो । यसैगरी आर्थिक वर्ष २०७४/२०७५ मा समेत व्यपार भुटानले नै हात पार्यो ।

त्यो वर्ष १ अर्ब २२ करोड ४० लाख ७५ हजार रुपैयाँका मालवस्तु भुटाले नेपालतर्फ निर्यात गर्दा नेपालले भने १ करोड २४ लाख ७४ हजारको व्यापार गर्न सफल भयो । आर्थिक वर्ष २०७३/२०७४ मा भुटानले २० करोड ७५ लाख ५० हजारको व्यापार नेपालसँग गर्दा नेपालले भने ९ करोड ७८ लाख ९२ हजार रुपैयाँका मालवस्तु निर्यात गर्न सफल भयो । यी दुईदेशबीचको व्यापारमा कुल निर्यात व्यापार भन्दा झिनो प्रतिशतमा आयात हुनु चिन्ताजनक स्थिति भएको व्यवसायीहरुको भनाई छ । निर्यात गर्ने वस्तुहरु नथपिंदा वर्सेनी घाटा व्यहोर्नु पर्ने वाध्यता आएको उनीहरुको भनाई छ । नेपाली बस्तुको माग भुटानमा कम भएकाले पनि नेपालले भुटानसंग सोचे अनुसारको व्यापार गर्न नसकेको व्यवसायीहरु बताउछन् ।

नेपालमा उत्पादित बस्तु सोझै भुटान निर्यात हुन र भुटानबाट कुनै पनि समान सहजरुपमै आयत गर्न नपाईने भएकाले व्यपारीहरुले समस्या व्योहोर्नु परेको समाचार स्रोतको भनाई छ । भुटानसंग गरिने व्यपारका लागि भारतीयबाटो प्रयोग गर्नुपर्ने र त्यसका लागि भारत सरकारले पनि नेपालले भुटानसंग गर्ने व्यापारमा आवशयक सरकारी कागजात माग्ने, नेपाल सरकारकोतर्फबाट व्यापार तथा पारवहन सन्धी नभएका कारण त्यस्ता आधिकारीक कागजात उपलब्ध गराउन नमिल्ने भएकाले भुटानसंग नेपालले सोचे अनुरुपको व्यापार गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।

भुटानबाट ठूलो परिमाणमा पत्थर कोईला, जीप्सम आयात हुने भएकाले पनि हरेक वष व्यापार भुटानकै पक्षमा हुने भन्सार अधिकृत भरतराज अधिकारीको भनाई छ । भुटानाबट कोक, स्पाईट, बिभिन्न अल्कोहल, पत्थर कोईला, जीप्सम पुटीनपट्टी, चुनढुङ्गा, क्याल्सीयम कार्वानेट, जुसजाम लगायतका मालवस्तु आयात हुने गरेको छ । नेपालबाट भने चाउचाउ हस्तकलाका सामाग्रीलगायतका थोरै वस्तुमात्र निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर