Aamsanchar

नेपाल विद्युत प्राधिकरण भद्रपुर बितरण केन्द्रको लस यूनिट १३ दशमलव ८६ प्रतिशत

Author Image
बिहिवार, साउन २२, २०७७

मेचीनगर । नेपाल विद्युत प्राधिकरण भद्रपुर बितरण केन्द्रको गत आर्थिक वर्ष २०७६/०७७ मा लस यूनिट १३ दशमलव ८६ प्रतिशत रहेको छ । वितेको आर्थिक वर्ष २०७५/०७६ मा लस यूनिट १३ दशमलव ३३ प्रतिशत थियो । तर आर्थिक वर्ष २०७४/०७५ को तुलनामा यी दुई आर्थिक वर्षमा लस यूनिट क्रमस कम हुदैं आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा लस यूनिट १५ दशमलव ३८ प्रतिशत थियो ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जीवकुमार साहाका अनुसार त्यो वर्ष वितरण केन्द्रले ग्रेडबाट ५ करोड ७१ लाख ६३ हजार ५ सय २९ यूनिट प्राप्त गरेको भएपनि ४ करोड ९२ लाख ४१ हजार ३ सय ३६ यूनिटमात्र विक्री गर्न सफल भएको छ । खरीदभन्दा विक्री कम भएका कारण ७९ हजार २२ लाख १ सय ९३ यूनिट वा १३ दशमलव ८६ प्रतिशत लस यूनिट भएको वितरण केन्द्रले जनाएको छ ।

यसैगरी, सोहि आर्थिक वर्षमा केन्द्र अन्तर्गतका १ सय ८२ जना उपभोक्ता कालोसूचीमा परेका थिए । लामो समयदेखि विद्युत नबुझाएका कारण केन्द्रले उनीहरुलाई कालो सूचीमा राखेको थियो । कालोसूचीमा परेका केन्द्र अन्तर्गतका १ सय ८२ जना उपभोक्ताबाट केन्द्रले ४५ लाख ९७ हजार ६ सय ७८ रुपैयाँ बक्यौता असुल गर्न बाकी रहेको भएपनि ६ जना उपभोक्ताले आफ्नो नाममा देखिएको विद्युत उपभोग गरे वापतको बक्यौता रकम बुझाएको कार्यालय प्रमुख साहाले जानकारी दिनुभयो । ६ जनाबाट केन्द्रले ६१ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

एकवर्षको अवधिमा सो केन्द्र अन्तर्गतका दुईसय बढी उपभोक्ताले विद्युत उपभोग गरेपनि सो वापतको महशुल नबुझाएका कारण केन्द्रले २ सय २२ जनालाई कारवाही स्वरुप लाइन काटेको थियो । समयमै विद्युत वापतको महशुल नबुझाउने २ सय २२ जना उपभोक्ताबाट केन्द्रले २ लाख ७० हजार २ सय ६१ रुपैयाँ असुल गर्न बाकी रहेको थियो । कार्यालय प्रमुख साहाका अनुसार लामो समयसम्म महसुल नबुझाउने उपभोक्तालाई कारवाही स्वरुप लाइन काट्न थालेपछि १ सय ९४ जना उपभोक्ताले आफ्नो नाममा देखिएको बाकी रकम बुझाएर पुनःजडान गरेका थिए । केन्द्रले १ सय ९२ जनाबाट २० लाख ४७ हजार ५ सय ६६ रुपैयाँ बक्यौता रकम असुल गरेको छ । केन्द्रमा ग्राहस्त तर्फ २३ हजार ४ सय ५६, औद्योगिक तर्फ ३ सय १६ र अन्य ३ हजार ५ सय २५ गरी कुल २७ हजार २ सय ९७ जना कुल ग्राहक संख्या रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रले अनाधिकृतरुपमा हुकिङ्ग गरि विद्युत चोरेको भन्दै चारजनालाई कारवाही स्वरुप दण्ड जरिवाना गराएको थियो । जरीवाना स्वरुप चारजनाबाट केन्द्रले १२ हजार ६ सय २६ रुपैयाँ राजस्व संकलन गरेको छ । विभिन्न व्यक्तिहरुले विद्युतको प्रमुख तारबाट हुकिङ्ग गर्दै चिया बगानमा सिञ्चाई गर्ने घरमा बत्ती बाल्ने गरेको उहाँले बताउनुभयो । कसैले गैरकानुनी रुपमा घर नजीकैबाट खोला सम्म लगेर माछा मार्ने गरेको उहाँको भनाई छ । यो कार्य निक्कै जोखिम र गर्न नहुने काम भएपनि धेरैले गर्ने गरेको प्राधिकरणले जनाएको छ । यसरी खोलामा करेन्ट लगाएर माछा मार्र्ने क्रममा धेरैको ज्यान समेत गएको प्रहरीले जनाएको छ । उता मिटरबाट विद्युत चोरेको अभियोगमा केन्द्रले ५ जना उपभोक्तालाई कारवाही गरेको थियो । उनीहरुबाट ४१ हजार ९ सय ७० रुपैयाँ राजस्व केन्द्रले संकलन गरेको छ ।

कार्यालयमा प्राविधिकतर्फ ८४ र प्रशासनतर्फ ४४ गरी कुल १ सय २८ कर्मचारीको दरवन्दी भएपनि प्राविधि तर्फ २५ तथा प्रशासन तर्फ १८ गरी कुल ४३ कर्मचारी रहेको केन्द्रको वार्षिक प्रगति विवरणमा उल्लेख छ । यसरी हेर्दा दरवन्दी भन्दा ८५ जना कम कर्मचारी केन्द्रमा रहेका छन् । पर्याप्तरुपमा जनशक्ति नभए पनि सिमित स्रोत र साधनका बावजुद पनि वितरण केन्द्रले छिटो छरितोरुपमा आफ्ना उपभोक्तालाई सेवा प्रवाह गरेको कार्यालय प्रमुख साहाको भनाई छ । ‘वितरण केन्द्रको स्वीकृत दरबन्दी १ सय २८ जना रहेको हाल ४३ जना मात्र कार्यरत रहेका छन्’ कार्यालय प्रमुख साहाले भन्नुभयो —‘कार्यरत रहेका केही प्राविधिक कर्मचारीहरु विरामी, अशक्त रहेको र बाकी रहेको प्राविधिक कर्मचारीहरुलाई पनि मिटर रिडिङ, आय फाट तथा अन्य नियमित कार्य गराउनु पर्दा थप प्राविधिक कार्यहरु जनभावना अनुसार तत्काल सम्पन्न गर्न नसकिने अवस्था छ ।’ भद्रपुर वितरण केन्द्र अन्तर्गत रहेका सम्पूर्ण नगरपालिका र गाउँपालिकाले सडकबत्ती उपभोय गरे वापतको करीव सवा २ करोड रुपैयाँ आर्थिक वर्ष २०७६/०७७ मा असुल गर्न बाकी रहेको छ ।

केन्द्रले लगत व्यवस्थापनको लागि लगत फायलहरु खोजेको समयमा तुरुन्त उपलब्ध हुन भन्ने उद्घेश्यले फायलाई क्रमबद्घरुपमा व्यवस्थित गरेको, केन्द्रमा आउने ग्राहहरुको सुविधाका लागि टोकन प्रणालीबाट आय संकलन, सूचना अधिकारीको व्यवस्था, नागरिक वडापत्रको उचित व्यवस्थापन, उजुरी पेटिका, सहायता कक्ष, प्राथमिक उपचार, खानेपानी, शौचालय, सुरक्षाका दृष्टिकोणले सिसि क्यामरा, इलेक्ट्रोनिक्स सूचना पार्टीको व्यवस्था मिलाइएको साहाको भनाई छ । उहाँले यस्तो सुविधा सम्पन्न कार्यालय पूर्वाञ्चलमै यो नै पहिलो भएको दावी गर्नुभयो । केन्द्रको हिसाव किताव चुस्त दूरस्त र पारदर्शीका लागि प्राधिकरणका अतिथिहरुलाई कार्यालयमै बस्नका लागि सुविधा सम्पन्न अतिथि कोठा बनाईएको छ ।

भद्रपुरदेखि कचनकवलको बनियानीसम्म जाने सडकको दुवैतर्फ एलटी लाईनको व्यवस्थापन नभएका कारण रोड क्रसिङ गरी एलटी लाईन विस्तार नगरेका कारण ३३ केभि को पोलमा एबीसी केवल जडान गरी कम्पोजिट लाईन तत्काल निर्माण गर्नुपर्नै वितरण केन्द्रको मुख्य समस्या भएको साहाको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर