Aamsanchar

हात्तीको आक्रमणबाट कमल गाउँपालिकामा एकजनाको मृत्यु

Author Image
शुक्रवार, साउन २३, २०७७

केर्खा । झापाको कमल गाउँपालिका–५ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराती आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा ५२ वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।

हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन रेग्मी भागेका थिए । तर, लखेट्दै लगेर घरभन्दा २० मिटर पर हात्तीले रेग्मीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु हुनुका साथै उनको घर पूर्णरुपमा क्षति भएको जनकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर