Aamsanchar

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

Author Image
शुक्रवार, साउन २३, २०७७

काठमाडौं । कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए । पर्साको वीरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ । यससँगै हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर