Aamsanchar

सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीयको हिसाब सार्वजनिक, ५ लाख ८३ हजार ४ सय ६९ व्ययभार

Author Image
शनिवार, साउन २४, २०७७

 होम,पाठ गर्दै ब्राम्हणहरु । फायल तस्वीर ।

झिलझिले । धार्मिक पर्यटनको मुख्य उद्धेश्य राखेर झापाको शिवसताक्षीमा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा आयोजक समितिलाई ५ लाख ८३ हजार ४ सय ६९ को व्ययभार भएको छ ।

गएको कात्तिक २७ देखि बालाचर्तुदशी धार्मिक मेलाको अवसर पारेर आयोजना भएको कोटिहोममा आयोजक समितिले १ करोड ४७ लाख ५७ हजार ७ सय ३९ रुपैयाँ भेटी संकलन गरेको थियो । आयोजक समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले नगद रसिद ठेली बाट ७४ लाख ७५ हजार ५ सय ८८ रुपैयाँ संकलन गरेको थियो । यस्तै झापाका स्थानीय तहबाट २४ लाख ८१ हजार ५ सय २६ रुपैयाँ संकलन भएको आयोजक समितिले जनाएको छ ।

समितिका कार्यलय सचिव डिल्ली नेपालका अनुसार प्रदेश सरकारबाट ८ लाख ५० हजार, धान चामल बिक्रीबाट ७ लाख ७३ हजार ७ सय ७५, दान पेटीकाबाट ४ लाख ८१ हजार ५ सय २०, साहारा नेपाल चारपानेबाट ३ लाख संकलन भएको बताए । यस्तै क्रसर उध्योगीबाट १ लाख ६५ हजार १ सय रुपैयाँ भेटी संकलन भएको उनले बताए ।

आयोजक समितिको सचिवालय बैठक पछिको निर्णय सार्वजनिक गर्दे अध्यक्ष पोर्तेलले भने, ‘१ करोड ५३ लाख ४१ हजार २ सय ८ रुपैयाँ महोत्सवमा खर्च भएको छ । खर्चको ठुुलो हिस्सा ब्राम्मण पुरोहितलाई भएको आयोजक समितिले जनाएको छ । यो शिर्षकमा ५९ लाख ९७ हजार १ सय ५० रुपैयाँ ब्राम्मणलाई दक्षीणा गरिएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष समेत रहेका सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमका संरक्षक नन्दकिशोर भारद्धाजले बताए ।

आयोजक समितिका अनुसार सचिवालय समितिले आम्दानी खर्चको सम्पुर्ण विवरण संचारमाध्यमबाट सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । सचिवालय समितिका एक सदस्यका अनुसार सम्पुर्णदाता, सरकारी तथा गैह्र सरकारी संघ सस्था, जिल्ला स्थित सरकारी कार्यलय, स्थानीय तह, विभिन्न राजनीतिक दलका कार्यालय समेतलाई कोटिहोमको आर्थिक प्रतिवेदन पठाईने छ ।

आयोजक समितिले कोटिहोम सकिएको १५ दिन भित्र सम्पुर्ण हिसाव किताव सार्बजनिक गर्ने बताएपनि स्थानीय तह, प्रदेश सरकार र दाताले कवोल गरेको रकम जम्मा हुन ढिलाई भएकाले हिसाव पनि सार्वजनिक गर्न ढिलाई भएको अध्यक्ष पोर्तेलले बताए । अझैपनि झापाका केहि प्रतिष्ठीत व्यक्ति र जनप्रतिनिधिले कवोल गरेको रकम भुक्तानी हन बाँकी रहेको आर्थिक समितिका सदस्य नारायण प्रसाद अधिकारीले बताए ।
नेपालका ५६ जिल्लाका ५ लाख सहित १३ मुलुकका सर्वसाधरण कोटिहोममा सहभागी हुन आएको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१