Aamsanchar

घुस लिदै गर्दा इन्जिनीयर साह पक्राउ

Author Image
सोमवार, साउन २६, २०७७

काठमाडौँ । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर