Aamsanchar

पुलमा ठक्करखाई नदीमा मोटरसाइकलसहित खस्दा एकको मृत्यु, एक बेपत्ता

Author Image
आइतवार, साउन ३२, २०७७

दाङ । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् ।

लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुबै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् । बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर