Aamsanchar

पूर्व गृहमन्त्री सिटौला द्वारा कोटिहोमको पीसीआर ल्याव अवलोकन

Author Image
सोमवार, भदौ १, २०७७

बिर्तामोड । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावको अवलोकन गरेकाछन् ।

अवलोकन पस्चात  ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन सरकारलाई आग्रह पनि गरेका छन्।  ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्यावको निरीक्षण गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले यस्तो आग्रह गरेका हुन् ।

जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा पीसीआर ल्याव स्थापना हुनु झापाको मात्र नभएर देशकै लागी नमूनायोग्य काम भएको वताउँदै उनले कोटिहोममा स्थापित पीसीआर ल्यावलाई सिघ्र सञ्चालन गर्न सरकारलाई आग्रह गरे ।
अन्य स्थानको ल्याव भन्दा कनकाईको पीसीआर ल्याव निक्कै राम्रो व्यवस्थापनका साथ स्थापित भएको बताउँदै पूर्व उपप्रधानमन्त्री सिटौलाले कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको यो संकटपूर्ण अवस्थामा सरकारलाई सघाउन एकका लागि एक अभियानको अगुवाईमा पीसीआर ल्याव स्थापना गरेको भन्दै एकका लागि एक अभियानको प्रशंसा गरेका थिए ।

एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा स्थापित ल्यावको वारेमा जानकारी गराउँदै ल्यावको सञ्चालनमा भइरहेको ढिलाईप्रति पूर्व उपप्रधानमन्त्री सिटौलाको ध्यानाकर्षण गराएका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर