Aamsanchar

पूर्वीनाकाबाट आयात हुने कृषि तथा कृषिजन्य वस्तुको आयातमा उतावचढाव

Author Image
मङ्गलवार, भदौ २, २०७७

काँकरभिट्टा । काँकरभिटट नाका भएर भारत तथा अन्य मुलुकबाट भित्रिने कृषि तथा कृषिजन्य वस्तुको आयात हरेक वर्ष उतावचढाव छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको त्रिवर्षीय तथ्याङ्कले आयातको अवस्था क्रमस यस्तो अवस्थामा रहेको पुष्टि गरेको छ । आयात कम हुनुलाई सकरात्मक पक्ष मान्न सकिने विज्ञहरुको भनाई छ ।

तथ्याङ्कमा आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म आइपुग्दा यस्ता वस्तुको आयात क्रमस कम हुदैं गएको उल्लेख छ । सरकारले आयात कम गदैं निर्यात बढाउदैं लैजाने नीति अघि सारेको छ । यसैका कारण पनि नेपालमा खाद्यन्न, ताजा तरकारी, विभिन्न प्रकारका वीउविजन उत्पादन भएपछि नेपालमा उत्पादित वस्तुले माग धान्न थालेका कारण आयातमा कम आएको हुन सक्ने बताईएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका भएर ३ अर्व ८८ करोड ३५ लाख ९५ हजार रुपैयाँ मुल्य बराबरका १ लाख १० हजार ९ सय ४८ मेट्रिक टन कृषि तथा कृषिजन्य वस्तु नेपालले आयात गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा त्यो संख्या ओरालो लागेर २ अर्व ८६ करोड ९३ लाख २९ हजार रुपैयाँ वा ९३ हजार ६ सय ४ मेट्रिक टनमा सिमित भयो । पुनः आर्थिक वर्ष २०७६/०७७ मा कृषि तथा कृषिजन्य वस्तुको आयात एक्कासी माथि चढ्यो । गत आर्थिक वर्ष २०७६/०७७ मा २ अर्व ९९ करोड ४ लाख ७ हजार रुपैयाँ मुल्य बराबरको कृषि तथा कृषिजन्य वस्तुको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताउनुभयो । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा २७ करोेड रुपैयाँले बढि हो ।

काँकरभिट्टा नाका भएर आयात हुने १० वटा प्रमुख कृषि तथा कृषिजन्य वस्तुमा खाद्यन्नतर्फ धान, मकै, कोदो दलहन गेडा, पपकर्न, ताजा तरकारी, प्याज, ताजा फलफूल, मकैको बीउ, आलु, लहसुन, मरिज छन् । आर्थिक वर्ष २०७४/०७५ मा भियतनामबाट आयात गरिने मरिच शुन्य भएपनि पछिल्ला दुई आर्थिक वर्षमा भने अत्याधिक आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ४४ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको १ सय ६२ मेट्रिक टन मरिच आयात भएको छ । तर, गत आर्थिक वर्ष २०७६/०७७ मा भने मरिचको आयातमा कमि आएको छ । त्यो वर्ष २ करोड ५० लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ५५ मेट्रिक टन मरिच आयात भएको कार्यालय प्रमुख राईले बताउनुभयो ।

यसैगरी, गत आर्थिक वर्ष २०७६/०७७ मा पपकर्नको आयात भने शुन्य छ । अघिल्ला वर्षमा यसको आयात समेत उच्च थियो । आर्थिक वर्ष २०७४/०७५ मा ९४ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको २ सय ५ मेट्रिक टन पपकर्न अर्जेन्टिनाबाट आयात गरिएको थियो । लगत्तै अर्काे आर्थिक वर्ष २०७५/०७६ मा त्यो आयात बढेर २ करोड ८ लाख २२ हजार वा ३ सय ५९ मेट्रिक टन आयात भएको भएपनि गत आर्थिक वर्षमा आयात भने शुन्य रह्यो ।

भारतबाट आयात हुने खाद्यन्न धान, मकै कोदोकोे ग्राफ भने वर्षेनि बढ्दो छ । आर्थिक वर्ष २०७४/०७५ मा २८ करोड ५७ लाख ४४ हजार रुपैयाँको ११ हजार ९ सय ६ मेट्रिक टन धान, मकै र कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा आयात बढेर ३७ करोड ६८ लाख ४ हजार रुपैयाँ वा १५ हजार ४ सय ५८ मेट्रिक टन पुग्यो । गत आर्थिक वर्ष २०७६/०७७ मा झण्डै आयात दोव्वर पुग्यो । त्यो वर्ष ६४ करोड ९४ लाख १४ हजार रुपैयाँको २४ हजार ३ सय ६२ मेट्रिक टन धान, मकै कोदा आयात भएको कार्यालय प्रमुख राईले बताउनुभयो । गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टाबाट मात्रै ३५ करोड १७ लाख ६ हजार रुपैयाँको ११ हजार रुपैयाँ आलु खरिदका लागि मात्र बाहिरिएको छ । त्यो वर्ष ६ सय ६७ मेट्रिक टन आलु नेपाल आयात भएकोे छ । तर, अघिल्ला दुई आर्थिक वर्षको तुलनामा भने यो संख्या ज्यादैं न्यून हो ।

घिल्लोे आर्थिक वर्ष २०७४/०७५ को अवधिमा ८८ करोड ४२ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३३ हजार ६ सय ३६ मेट्रिक टन आलु काँकरभिट्टा नाका भएर नेपालले आयात भएको थियो । तर, आर्थिक वर्ष २०७५/०७६ मा आलुको आयातमा झण्डै ५० प्र्रतिशतले कमि आएको छ । त्यो वर्ष ४४ करोड २२ लाख २० हजार रुपैयाँ मुल्यको २१ हजार १ सय १० मेट्रिक टन आलु काँकरभिट्टा नाका भएर नेपालले आयात भएको छ । चीनबाट आयात हुने लहसुन, भारतबाट आयात हुने ताजा तरकारी, भारत र चीनबाट आयत हुने ताजा फलफूल , भारतबाट आयात हुने मकैको बीउको आयातमा समेत यो तीनवर्षमा निक्कै उतावचढाव देखिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर