Aamsanchar

काठमाडाैंमा आजदेखि लागूहुने निषेधाज्ञामा के गर्न पाइन्छ के पाइँदैन ?

Author Image
बुधवार, भदौ ३, २०७७

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा आज (बुधबार)राती १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा लगाइने भएको छ ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० बमोजिम आजदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लगाउनले निर्णय गरेको हो ।

निशेधाज्ञा जारी भएपछि औषधि, खाद्यबस्तु खरिद र अत्यावश्यकीय कामका लागि बाहेक बाहिर निस्कन नपाइने र बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ ।

त्यसैगरी अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाउनुका साथै होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द गर्नुपर्ने छ ।

तर बैंक लगायतका कार्यालयले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिनुपर्ने र नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा जाने कर्मचारीलाई विहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ बजेसम्म आवागन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर