Aamsanchar

झापामा दोस्रो कोरोना अस्पताल दमकमा निर्माण कार्य सुरु

Author Image
बिहिवार, भदौ ४, २०७७

दमक । झापाको दमकमा नै कोरोना विषेश अस्पताल बन्ने भएको छ । दमकमा दैनिक जसो कोरोनाका संक्रमित बढ्न थालेपछि दमकमा देखिएका संक्रमितलाई दमकमै व्यवस्थापन गर्ने गरि दमकमा आइसुलेशन बेड सहितको कोरोना बिषेश अस्पताल निर्माणको काम थालीएको छ ।

दमक २ स्थित भुटानी शरणार्थी शिविरमा आइओएमले शरणार्थीको स्वास्थ्य परिक्षणका लागि प्रयोग गरेको भवनमा कोरोना बिषेश अस्पताल बनाउन सुरु गरिएको दमक नगरपालिकाले जनाएको छ । नगरकी उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले तत्कालका लागि सामान्य बेड र दैनिक चिकित्सकको निगरानी गराउने गरिको तयारी थालीएको बताईन ।

दमकमा कोरोनाको जस्तो लक्षण देखिएका, बिरामी भएकाहरुलाई चिकित्सकहरुले टेलिफोन मार्फतनै सेवा दिदै आएका छन् । त्यसरी सेवा लिनेहरुमा कोरोनाको लक्षण सँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा बिरामीको घरैमा पुगेर स्वाव संकलन समेत गर्दै आएको छ । यसै क्रममा दमक ५ र दमक ९ का २ जनाको कोरोना परिक्षणका क्रममा रिपोर्ट समेत पोजेटिभ देखिएको थियो । दुवै जनालाई अहिले धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा पठाइएको छ । अवस्थामा केहि सुधार आउँदै गरेको दमकनगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले बताए ।

पछिल्लो सयममा कोरोना बिषेश अस्पतालमा बेडको अभाव हुने गरेको भन्दै अस्पतालले संक्रमित बिरामी लिन नमानेपछि नगरपालिकाले आफै आइसुलेशन अस्पतालको संरचना बनाउन सुरु गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । पछिल्लो समय अस्पतालमा उपचाररत संक्रमित बिरामीको मृत्यू समेत हुने गरेकोले थप जोखिम बढ्न थालेपछि दमकका संक्रमितलाई दमकमै राख्ने गरिको व्यवस्था मिलाउन पनि आवश्यक देखिएको प्रमुख ओलीले बताए ।

सो अस्पतालका लागि आवश्यक पर्ने अन्य उपकरणका लागि प्रदेश सरकारसँग समन्यव भै रहेको जनाइएको छ । अहिले दमक अस्पतालमा एउटा भेण्टिलेटर पनि रहेको तर त्यो सञ्चालनमा नआइ थन्किएर बसिरहेको छ । भेण्टिलेटर इन्सटल गर्ने र सञ्चालन गर्ने प्राविधिक नभएका कारण सो भेण्टिलेटर काम बिहिन भएर बसेको उप प्रमुख अधिकारीले बताईन । इन्सटल गर्ने प्राविधिक लक डाउनले गर्दा आउन नसकेका कारणले गर्दा ढिलाई भएको उनको भनाई छ । दमक नगरपालिकाले बनाउँदै गरेको कोभिड बिषेश अस्पतालमा थप ४ वटा भेण्टिलेटरको पनि माग गरिएको र सो स्विकृत भै सकेको पनि उनले जानकारी दिईन । त्यसका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि केन्द्रिय र प्रदेश सरकारकासँग समन्वय भै रहेको अधिकारीले बताईन ।

झापामा मेची प्रादेशिक अस्पताललाई पहिलो कोरोना उपचार केन्द्र बनाईएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 417

प्रतिक्रिया (०)