Aamsanchar

झापामा आठ प्रहरी सहित १७ जनामा कोरोना पुष्टि

Author Image
शनिवार, भदौ ६, २०७७

बिर्तामोड । नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधी व्यवसायी र एकजना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिए ।

संक्रमित प्रहरीहरु झापामा डिउटीको सिलसिलामा रहेका भने होईनन् । ‘उनिहरु अन्य जिल्लाबाट झापामा सहयोगका लागि आएका थिए ,आएका प्रहरीहरुलाई अन्य नागरिकलाई जस्तै क्वारिन्टनमा राखिएको जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन् ।

संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् । देशभर ६३४जना नयाँ संक्रमित थपिएका छन् भने १२५ जना उपचारपछि घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ मार्फन जानकारी दिएका छन।
गौतमका अनुसार आज थप नौ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर