Aamsanchar

कर्णालीले बगाउदा दुई बालक बेपत्ता

Author Image
मङ्गलवार, भदौ ९, २०७७

दैलेख । कर्णालीले बगाउदा दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर