Aamsanchar

सशस्त्रको गोली लागेर घाइते भएका झापा कामाटोलीका आलमको मृत्यु

Author Image
बुधवार, भदौ १०, २०७७

झापा। झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागेर घाईते बनेका एक व्यक्तीको मृत्यु भएको छ। स्थानीयले आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो। त्यस क्रममा गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल श्रोतले बताएको छ ।

दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो।

गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए।

आक्रोशित भीडले अहिले पनि कामाटोली बजारमा टायर बालेर विरोध प्रदर्शन गरिरहेको छ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर