Aamsanchar

आम्दा मेचीको स्वास्थ्य सेवा सञ्चालन , ८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Author Image
बिहिवार, भदौ ११, २०७७

मेचीनगर  । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिको झापाको मेचीनगर—१० स्थित आम्दा मेची अस्पतालको ओपीडी सेवा विहीबारदेखि सञ्चालनमा आएको छ ।

कोरोना संक्रमित चिकित्सकसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षण पछि २९ वर्षीय एक पुरूष चिकित्सकसहित सवैको पीसीआर फलोअप रिपोट नेगेटिभ आएका कारण अस्पतालको बन्द भएको सेवा विहीबारदेखि नियमित गरिएको अस्पतालले जनाएको छ । तत्कालै संक्रमण फेला परेपछि चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको थियो छ ।

मेचीनगर नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो ।

यता मेचीनगर—७ इटाभट्टास्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत गरिएको पीसीआर परीक्षणको ३५ जनाको रिपोट नेगेटिभ आएको छ ।

प्राइम बैंकका ६ जना कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोट नेगेटिभ नै आएको छ । समुदायमा कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले भदौ ७ गतेदेखि इटाभट्टा क्षेत्रमा लकडाउन गरेको छ ।

त्यसैगरी मेचीनगर— १५ ज्यामिरगढी क्षेत्रका ७७ जनाको पीसीआर रिपोट नेगेटिभ आएको छ । मेचीनगर नगरपालिकाका समाजिक विकास समितिका संयोजक नविन बरालका अनुसार सो क्षेत्रका उद्योगका मजदुर, व्यवसायीसहितस्थानीय समुदायबाट ७७ जनाको पीसीआर परीक्षणका लागि थ्रोड स्वाबको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको र विहीबार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर