Aamsanchar

झापामा गोरु हत्या र मानिसको मृत्यु बिषयमा उत्पन्न समस्या हल

Author Image
बिहिवार, भदौ ११, २०७७

झापा । झापाको झापा गाउँपालिकामा हिजो देखी उत्पन्न तनाव साम्य भएको छ । मृतक पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका–३ का रमिकुल आलमको शव आफन्तले बुझेका छन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा भएको वार्तामा मृतक पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि मृतकका आफन्तले शव बुझेका हुन ।
वार्तामा मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने, मृतकका छोराछोरीको पठन पाठनका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने लगायतका माग सम्बोधन गर्ने सहमति भएको जनाइएको छ ।

मृतक पक्षले राखेका ११ वटा मागमध्ये शहीद घोषणाको माग भने अस्वीकार गरिएको वार्तामा सहभागी नेकपाका नेता रुद्र बजगाईँले जानकारी दिए । घटनाको छानबिनकालागी गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले घटनाको छानबिन गरी सुरक्षाकर्मी दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्ने जनाइएको छ । वार्तामा सबै राजनीतिक दलका प्रतिनिधि, सांसदहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, मृतक परिवारका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रहरीले पक्राउ गरेकाहरूलाई जिल्ला ल्याउने क्रममा स्थानीयवासीले अवरोध गर्दा प्रहरीले चलाएको गोली लागेर सोही स्थानका ३८ वर्षीय रमिकुल आलमको बुधवार साँझ मृत्यु भएको थियो ।

झापाको कामाटोली घटनाको सन्दर्भमा आजको सर्वपक्षीय बैठकको निर्णय मुख्य बुदाहरु :
१, हिजोको घटनामा ज्यान गुमाउने रसिकुल आलम प्रति भावपुर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
२, मृतकको काजकिरियाका लागि झापा गाउपालिकाले तत्काल ५० हजार उपलब्ध गराउने । न्युनतम १० लाख क्षतिपूर्तिको लागि सरकारसँग पहल गर्ने ।
३, मृतकको छोराछोरीको शिक्षादिक्षाको उचित व्यवस्थाका लागि सरकारसँग पहल गर्ने ।
४, घटनाको सत्यतथ्य पत्ता लगाइ १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि नेपाल सरकार गृह मन्त्रालयबाट साहयक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरेको छ । सो समितिलाई सबैले सहयोग गर्ने । समितिले आवश्यक सरोकारवालाहरुलाई आमन्त्रित गर्ने ।
५, सामाजिक धार्मिक सद्भाव कायम गर्न सबैको तर्फबाट पहल गर्ने ।
६, मृतकको सव परिवारले जिम्मा बुझि आफ्नो परम्परा बमोजिम दाहसंस्कार गर्ने ।

  • झापा गाउँपालिको कामाटोली बजारमा मुस्लिम समुदायका मानिसहरुले पिडितलाई न्याए दिन भन्दै विभिन्न मागहरु यस्ता थिए ।
  • मृतकका पक्षबाट राखिएका मागहरु यस्ता थिए
  • मृतकलाई शहिद घोषणा गरिनु पर्ने
  • मृतकलाई उचित क्षतीपुर्ती दिनुपर्ने
  • मृतकको परिवारको भरणपोषण,बालबच्चाको शिक्षादिक्षा दिनुपर्ने
  • मुस्लिम समुदाय मानी हुदै आएको दमन अब बन्द गरिनु पर्ने
  • गोली चलाउने प्रहरीलाई कानुनबमोजिक कार्वाही गरिनुपर्ने
  • घटनामा संलग्न जनपथ प्रहरीलाई नियम अनुसार कार्वाही गर्नुपर्ने
  • शसस्त्र प्रहरीका ईन्चार्जलाई पनि कार्वाही गरिनु पर्ने
  • धार्मिक मान्यता अनुसार खानपिन आहारमा रोक लगाउन नहुने
  • बरामत गरिएको माजु जन्य पर्दा स्थानियको रोबहरमा नष्ट गर्नुपर्ने
  • घटना स्थलमै बार्ता गरिनु पर्ने जस्ता माग राखिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)