Aamsanchar

अग्यानिक कोशेली घरका ग्राहक करोड देखि अर्बपति माथीका पनि

Author Image
आइतवार, भदौ १४, २०७७

विगत एक बर्ष देखि बिर्तामोडमा धेरै व्यवसायिक केन्द्रहरु खुल्ला गरिए, साना देखि ठुला गरेर सय भन्दा धेरै पसलहरु यस बर्षमा संचालनमा ल्याईएको छ । हजारौं देखि करोडौं सम्मको लगानीमा खुलेका व्यवसायहरु खासै प्रचारमा आउन सकेका छैनन् । अझै पनि प्रचारको अभावका कारण ग्राहक पर्खेर बस्तै दिन काट्दैछन् व्यापारीहरु ।
त्यस्तै बिर्तामोडमा सेवाभाव र व्यवसायलाई संगै अघी सारिएर अग्यानिक कोशेली घर संचलनमा आएको एक बर्षमै व्यापार र चर्चा चुलिएको छ । अरुको सिसामा सजाएर राखेका राम्रा राम्रा कम्पनीका सामान बिक्री नभई रहेको अवस्था विर्तामोड–५ पाथिभरा टोल शनिस्चरे रोडमा संचलित अग्यानिक कोशेली घरमा छारपात, जंगली बनस्पती बिक्री भईरहेको छ । यसै खेत,बारी, गमला, जंगल, बगरमा पाईने घोरताप्रे, पुधिना, घिउकुमारी, गुर्जो,अमला लगायतका बनस्पतिको जुस विक्री हुने गरेको कोशेलीघरमा त्यस्तै विभिन्न फलफूल र जुस पाईनु त्याहाँको विशेस्ता हो ।

तराई देखि हिमाल सम्मामा उत्पादनहुने गेडागुडीको सलाद पाउने सायद झापामै एक मात्र पसल हुनुपर्छ ।
झापा बिर्तामोडका अच्युत दाहाल र कल्पना दाहालले सुरु गरेको अग्र्यानिक कोशेली घरमा ग्रहकको घुईचोनै लाग्ने गरेको छ । बिहानै ५ बज्दा नबज्दा पसल खुल्ला हुने गर्छ । बिर्तामोडका ठुला महलका मालिक, ठुला उद्योगी व्यवसायी देखि करोडपति देखि अर्बपतिहरु मर्निङवाककै क्रममा अग्यानिक कोशेली घर पुग्ने गर्छन अनि आवश्यक रुची अनुसारको जुस पिउने, एक आपसमा भलाकुमारी गर्ने चौतारी पनि बनेको छ अग्यानिक कोशेली घर ।

गत बर्षबाट सुरु भएको अग्यानिक कोशेली घरमा विहान, दिउसो र वेलुका खाने फरक फरक अग्यानिक परिकारहरु पाईन्छ ।
‘स्वादको लागि मात्र होईन, शरिरको लागि पनि खाउँ, स्वास्थ्यवद्र्धक अग्र्यानिक, स्वादमा सधै रमाउँ’ भन्ने नारा दिएर नागरिकलाई स्वस्थ बनाउने अभियान स्वरुप संचालित कोशेली घरमा कोदो, फापरको मम, फापरको थुक्पा,चाउमिन, चारमलको पिठोको सेलरोटी, कोदो, फापरको बावर, खीर, ढकनी जस्ता परिकार पाईन्छ, त्यस्तै कफी, ग्रीन टी त्याहाँ उपलब्ध हुने मुख्य बस्तु हुन् ।

कोशेली घरमा समान्यता जहाँ त्यहीं नपाउने, किवी, ड्रागन, स्ट्राबरी, एवोकाडो लगायतका फलहरु पनि बिक्रीका लागि राखिन्छ ।
जुम्लाको दाल, ओखर, काजु किस्मिस जस्ता भिटामिन युक्त खानेकुराहरु सहजै उपलब्ध हुने गरेको छ । यतीवेला आफ्नै उत्पादन रायोको साग बिक्रीगर्न सुरु गरिएको छ ।

आज आईतबार अग्यानिक कोशेली घर संचलनको एक बर्ष पुरा भएको अवसरमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिर्तामोडका नगरप्रमुख ध्रुब शिवाकोटी, सामाजिक, राजनितिक व्यक्तित्व, बिर्तामोडका स्थाई बासिन्दा जिल्लाका उच्च वोहोदाका कर्मचारी, व्यवसायी र मर्निङवाक समयका आफ्ना ६० जना भन्दा धेरै नियमित ग्राहक सहित ८० जना भन्दा धेरै को उपस्थितीमा अग्यानिक कोशेली घरको बार्षिकोत्सव मनाईएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अग्यानिक कोशेली घर खुलेपछी आजभोली घरमा पाक्न छोडेको पहिले खाने गरेको रैथाने खानेकुरा खान पाएको, शरिरलाई स्वस्थ बनाउने जडिवटीको जुस सेवन गर्ने ठाउँ भएकोले आफूहरुमा भएका विभिन्न स्वास्थ्य समस्याहरु निधान भएको भन्दै खुशी व्यक्त गरेका थिए । संचालक दाहाल दम्पतीलाई यो किसिको व्यवसायलाई बिर्तामोडको अरु क्षेत्र र झापाका विभिन्न स्थानमा विस्तार गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 841

प्रतिक्रिया (०)

सम्बन्धित खबर