Aamsanchar

थ्रेसरले च्याप्ता कनकाईका २४ बर्षिय एक युवाको मृत्यु

Author Image
आइतवार, भदौ १४, २०७७

बिर्तामोड । झापाको कनकाइृ नजगरपालिका मा थ्रेसर च्यापेर एक जनाको ज्यान गएको छ ।

च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्याप्ता आईतबार कनकाई –२ निवासी २४ वर्षीय विकास लिम्बूको मृत्यु भएको हो । चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरिएको थियो । अचानक अपराह्न १ः ३० बजे यन्त्रमा च्यापिएर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर