Aamsanchar

चट्याङका कारण ताप्लेजुङमा एक महिलाको निधन

Author Image
बुधवार, भदौ १७, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो ।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर