Aamsanchar

घाँटी रेटिएको अवस्थामा शिवसताक्षीका एक युवकको लाश भेटियो

Author Image
बुधवार, भदौ १७, २०७७

झिलझिले । झापाको शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय एक युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको छ ।

हिजोदेखि हराइरहेका सोही ठाउँका २८ बर्षिय गोमनसिंह मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ चोटसहितको शव फेला परेको हो ।

उनको शव स्थानीय रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले देखेपछि प्रहरीमा खबर गरेका बताइएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  स्थानीयबासीले मगरको हत्यामा संलग्नको पहिचान गरि पक्राउ गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर