Aamsanchar

शिवसताक्षीमा जारी लकडाउनलाई निरन्तरता दिदै थप कडाई

Author Image
बुधवार, भदौ १७, २०७७

शिवसताक्षी । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि शिवसताक्षीका क्षेत्रहरुमा लकडाउनलाई निरन्तरता दिदै कडाई पनि गरिएको छ ।

नगरपालिकाको पछिल्लो बैठकले अर्को सूचना प्रकाशित नभएसम्म शिवसताक्षी क्षेत्रमा  लकडाउनलाई निरन्तरता दिईएको हो । शिवसताक्षीको बजारहरु बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म भने खुल्न पाउने व्यवस्था रहेको छ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायक निरीक्षक कोमल ठाकुरका अनुसार समुदायमा कोरोना संक्रमण हुन नदिन आफ्नो तर्फबाट पूरा कोशिस र सुरक्षा योजनाहरु तयार पारिएको बताएका छन। यस नगरलाई कोरोनामुक्त बनाउन हामी पुरै टिम लागि परिरहेका छौंं । बाहिरका मानिसहरुलाई नगर प्रवेशमा कडाई गरिएको छ । ठाँउ ठाँउमा चेकिड्ग गरेर, नगरका नागरिकलाई बाहिर जानु पर्ने हुँदा सुरक्षाका बारेमा सचेतना मुलक जानकार दिने काम गरिरहेको छ, बिना कारण अनावश्यक नगरवासीलाई हिड्डुल गर्न पनि निषेध गरिएको नायक निरीक्षक ठाकुरले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर