Aamsanchar

प्रदेश १ मा भारी वर्षाको सम्भावना, झापामा मध्यम वर्षा हुदै

Author Image
शनिवार, भदौ २०, २०७७

झापा । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार  दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।  प्रदेश १ को जिल्ला झापा लगायतका पूर्वी जिल्लाहरुमा विहान ६ बजे देखिनै बर्ष भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर