Aamsanchar

सोह्र श्राद्ध (चतुर्थी)

Author Image
आइतवार, भदौ २१, २०७७

सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।

सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर