Aamsanchar

म को हुँ : उपन्यास एक प्रयोग अनेक

Author Image
आइतवार, भदौ २१, २०७७

लिलाराज खतिवडा द्वारा लेखिएको उपन्यास म को हुँ मैले दुइ पटकसम्म पढेँ । दोहोर्याएर पढ्दा पनि मलाइ दिक्क लागेन । यसमा पस्किइएका विभिन्न विधाले सबैखाले पाठकलाइ पूर्णरुपमा सन्तुष्टि प्रदान गर्दछ । कतै झर्को र दिक्क लाग्दैन । अब के होला ? अब के होला भन्दाभन्दै पुस्तक सकिएको पत्तै हुँदैन । पुस्तक पढिसकेर जो कोहीलाई पनि आनन्द र पूर्ण सन्तुष्टि मिल्छ जस्तो लाग्यो । किनभने, नेपाली आख्यानको क्षेत्रमा यस् उपन्यासमा बिल्कुलै फरक खाले प्रयोग गएिको छ । समग्रमा स्वउत्खनन् वा आत्मानूभूति जस्ता विषयहरुलाई बडो रहस्यमय पारामा अनेक घटना, पात्र तथा स्थानहरुको तानाबाना यस उपन्यासमा बुनिएको छ ।
नामले नै यो अनेक आध्यात्मिक मुमुक्षाहरुले प्रकोपित भएर लेखिएको पुस्तक जस्तो लाग्छ । उपन्यासको प्रमुख पात्र राहुल लामिछाने आफ्नो जाति स्मरणमा विभिन्न परिस्थिति र कालखण्डसँग जुधेको पाइन्छ र ऊ विभिन्न रहस्यमय स्थानहरुमा गएर ध्यान गरेको र आफ्नो पुर्बजन्मलाइ ध्यानकै माध्यामले थाहा पाएको परिदृश्य उल्लेख भएबाट पनि यो एउटा अध्यात्मिक पुस्तक हो भन्ने पुष्टि हुन्छ । त्यसो त यस उपन्यासमा एकसाथ आत्मखोज, दार्शनिक, जासुसी, मनोवैज्ञानिक, षडयन्त्र सिद्धान्त तथा भविष्यविज्ञान जस्ता विषयहरु पनि बडो नाटकिय पाराले समेटिएका छन् । अर्कातर्फ यो एक स्वप्नदर्शी कथा पनि हो । यस उपन्यासमा सपना र बिपनालाई बडो रोचक पारामा बारबार मेटाफोर गरिएको छ ।

यस पुस्तकमा मानिसको चेतनाको तहलाई एउटा पुतलीको जीबन चक्रसँग तुलना पनि गरिएको छ । एउटा मान्छेलाई इन्लाइटन भन्नु र पुतली भन्नु उस्तै हो भन्ने कुरा यसमा प्रष्ट पारिएको छ । यसमा मानव मनोविज्ञान र मानव शाष्त्र पनि मथिंगल गरिएको छ । उपन्यासको प्रमुख पात्र राहुल लामिछाने स्किजोफ्रेनिया भन्ने रोगले पिडित भएको छ । जसबाट छुटकारा पाउनको लागि गर्नु पर्ने कुराको अध्ययन र समाधान पनि भेटिन्छ । रोमान्टिक पक्ष उपन्यासको अर्को पाटो हो । स्त्री र पुरुषको परस्पर आकर्षण प्रकृति प्रदत्त हो । वा स्वाभाविक हो । प्रफुल्ला र राहुलको बसको यात्रा, कात्यायनीसँगको भेटले रोमान्टिक र रहस्य एकसाथ प्रस्तुत गर्दछ ।
राहुल धुमकेतु र राजकुमारको हालको शरिर हो । उसलाई कहिले राजकुमार कहिले लडाकुको रुपमा पढ्न पाइन्छ । अर्कातिर राजनैतिक बिद्रोह जस्ता कुरा पस्केर पुस्तक एउटा राजनैतिक उपन्यास पो हो कि भन्ने भान पनि हुन्छ । साहित्यिक मिठास पुस्तकमा रहेको अर्को छुटाउने नमिल्ने बिषय हो जसले नेपालको तत्कालिन माओवादी युद्धलाई झल्काउँछ । र उता सपनाको पराकाष्ठामा यसै उपन्यासमा तेस्रो विश्वयुद्धको संभावित खतरालाई पनि कताकता आँक्न खोजेको छ ।
पुस्तक जुन सुकै उमेर समुह र बौद्धिक स्तर भएकाले स्वाद मानिमानि पढ्न सक्छन् । म त के भन्छु भने, यो पुस्तक म जस्ता औषत पाठकले समिक्षा गर्न मुस्किल पर्छ । तर पनि प्रयास गरेकी छु । किनभने, यो पुस्तकले म जस्ता अरु साधकहरुका लागि पनि कतिपय जटिल आध्यात्मिक प्रश्नहरु मथिंगल गर्न प्रेरित गर्छ जस्तो लागेर पनि यो समिक्षा लेख्ने जमर्को गरिएको छ ।

पुस्तकका लेखक लिलाराज खतिवडा एउटा अथाह ज्ञानको सागर हो । जति उघाए पनि रित्तिन्न । यस्ता ज्ञानका भण्डार वा खानीलाई मेरो हृदयदेखि नै आदर सम्मान छ । यति उत्कृष्ट यो उपन्यास पढ्न कतै तपाईंहरु छुट्नु भएको त छैन रु म को हुँ खोजिखोजि पढ्नुहोस है त ।
अन्त्यमा ,आगामी दिनमा पनि यस्तै अन्य पुस्तकहरु पढ्न पाइयोस् । अनलाइन पत्रिका र फेसबुकमा आउने लेखहरुको त म नियमित पाठक नै हुँ । युवा लेखक लिलाराज खतिवडालाई सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना ।
समिक्षक गुरुङ खोटांग,रावाबेशी निवासी हुँन (हाल कपन, काठमान्डू )

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर