Aamsanchar

प्रेस पासको चरम दुरुपयो, पत्रकार र स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउनेहरु पक्राउ

Author Image
मङ्गलवार, भदौ २३, २०७७

सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गरेको छ । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भएको हो ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए ।

पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।

‘स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ,’ एसएसपी थापाले भने, ‘एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’

होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताए । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ ।

एसएसपी थापाले पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढेको दावी गरे । ‘पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको छ,’ एसएसपी थापाले भने ।

सम्बन्धित जिल्लाको शाखालाई अनुगमन गर्न निर्देशन दिएका छौं स् गोविन्द आचार्य
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर पाएपछि सम्बन्धित जिल्लाको शाखालाई समेत अनुगमन गर्न निर्देशन दिएको बताए ।

वास्तविक पत्रकारलाई कुनै रोकतोक नभएको बताउँदै अध्यक्ष आचार्यले नक्कली प्रसे कार्ड बोकेर हिँड्नेलाई चेकजाँच गर्न प्रहरीलाई आग्रह गरेको जानकारी दिए । प्रेसको दुरुपयोग हुन नदिने आचार्यले बताए ।

आचार्यले सर्लाहीमा प्रेस लेखेको मोटरसाइलकमा हतियार ओसारपसार गरेको थाहा पाएपछि महासंघले प्रहरीलाई खबर गरेको स्मरण गरे । त्यस्ता अवैध कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही हुनुपर्ने आचार्यले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर