Aamsanchar

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ २३, २०७७

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यो जम्मा संक्रमितहरुबाट मत्यु हुने ० दशमलव ६३ प्रतिशत हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर