Aamsanchar

प्रगतिवादी युवा समाजले वितरण गर्यो निःशुल्क भोजन

Author Image
शुक्रवार, भदौ २६, २०७७

काठमाडौं : प्रगतिवादी युवा समाज नेपालले ‘लकडाउन’ को मारमा परेका सयौं नागरिकलाई निःशुल्क भोजन गराएको छ । संस्थाले बिहीबार काठमाडौंको पुरानो वसपार्कमा नागरिकहरुलाई भोजन गराएको हो ।
सरकारले लामोसमयदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने आमनागरिकहरु मारमा परेका छन् । यस्तो अवस्थामा हातमुख जोड्न धौधौ परिरहेका नागरिकलाई भोजन गराई प्रगतिवादी युवा समाज नेपालले मानवताका लागि उदाहरणिय कार्य गरेको छ ।
जरोकिलो महाअभियानको विशिष्टिकृत संस्था प्रगतिवादी युवा समाज नेपालको मुख्य पहलमा भोजन गराइएको हो । भोजन गराउने कार्यमा फ्युचर एजुकेशन अफ साइन्स एन्ड टेक्नोलोजी,(FEST)नारी एकता समाज र कन्काई गल्स होस्टेलले विशेष सहयोग गरेको प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी गराए ।

प्रगतिवादी युवा समाज नेपालले लकडाउनको समयमा पनि सामाजिक चेतनाका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाले विगतमा पनि मौलिकता प्रवद्र्धन गर्दै सामाजिक जेतना जाग्रित गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर