Aamsanchar

रेलवे कम्पनीले माग्यो १ सय २९ करार कर्मचारी

Author Image
मङ्गलवार, भदौ ३०, २०७७

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाट विभिन्न पदमा १ सय २९ कर्मचारी करार सेवामा नियुक्त गर्न कम्पनीले सोमवार आवेदन खुला गरेको हो ।

नेपाल–भारत जोड्ने जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुने दुईओटा रेल तयार भइसकेकाले त्यसलाई सञ्चालन गर्न कम्पनीले कर्मचारी नियुक्ति प्रक्रिया शुरू गरेको हो ।

सरकारी स्वामित्वको उक्त कम्पनीले शाखा अधिकृतदेखि स्टेशन मास्टर, सब–इन्जिनीयर, गेटम्यान, कार्यालय सहयोगीलगायत विभिन्न पदमा उक्त संख्यामा कर्मचारी नियुक्त गर्ने तयारी गरेको हो । प्रशासन र प्राविधिक जनशक्तिका लागि आवेदन खुला गरिएकाले इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन भरी बुझाइसक्नुपर्ने कम्पनीले बताएको छ ।

कम्पनीले सबैभन्दा बढी गेटम्यान माग गरेको छ । उक्त पदका लागि कम्पनीले २५ जनालाई करारमा नियुक्त गर्नेछ । कम्पनीमा महाप्रबन्धक गुरु भट्टराई उक्त रूटको रेलमार्गमा रेल सञ्चालन तयारी पूरा हुन लागेको बताउँछन् । उनका अनुसार भारतबाट ल्याइने २६ जना प्राविधिक कर्मचारीका लागि सरकारले स्वीकृति दिइसकेको छ ।

सीमावर्ती क्षेत्र पटनाको हाजिपुर आएको रेल दशैंसम्म सञ्चालन गर्ने तयारी थालिएको कम्पनीको भनाइ छ । भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीबाट उत्पादित ती रेल नेपालले ८६ करोड रुपैयाँमा किनिसकेको छ ।

ती दुई रेलको यात्रु क्षमता करीब २ हजार ६ सय जना ९१३ सय प्रतिरेल० रहेको छ ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग ६९ किलोमिटरको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्ड निर्माण सम्पन्न भइसकेकाले उक्त रूटमा ती रेल सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर