Aamsanchar

भद्रपुरमा १० जना जुवाडे पक्राउ

Author Image
मङ्गलवार, भदौ ३०, २०७७

प्रतिकात्मक तस्वीर

झापा । झापाको भद्रपुरस्थित पृथ्वीनगरबाट १० जना जुवाडे पक्राउ परेका छन् । स्थानीय सुवास तामाङको घरबाट जुवा खेलीरहेको  सुराकी पाएपछि हिजो साँझ प्रहरीले छापा मार्दा जुवाडेहरु पक्राउ परेका हुन् ।

सुराकी पाएर घटनास्थल पुगेको झापा प्रहरीले जुवा खालबाट ८४ हजार नगद पनि बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका थिए ।

झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर–४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर–२ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर–६ का तुरुल राजवंशी छन् ।

प्रहरी टोलीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको छ । पक्राउ परेकालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर