Aamsanchar

झापामा थप २३ जनामा कोरोना पुष्टि

Author Image
बुधवार, भदौ ३१, २०७७

झापा । झापामा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ७ महिला र १६ जना पुरुष गरी जम्मा २३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार संक्रमितहरु बाह्रदशी गाउँपालिका ५ का वडा न स्का २ महिला र ३ पुरुष रहेका छन् । उनीहरु स्थानीय बासिन्दा हुन् ।यसैगरी दमक नगरपालिका वडा न. १, ४, ५, ८, ९ र १० क १ महिला र ७ जना पुरुषहरु रहेका छन् । उनीहरु पनि स्थानीय बासिन्दा हुन् ।

यस्तै भद्रपुर नगरपालिका वडा न। ६, ७ र ८ का १ महिला र ३ जना पुरुषहरु रहेका छन् । उनीहरु ३ जना भारतबाट आएका हुन् भने जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।गौरादह नगरपालिका वडा न। ५ का १ जना भारतबाट आएकी महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै मेचीनगर नगरपालिका वडा न ५ का भारतबाट आएका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै शिवसताक्षी नगरपालिका वडा नस् ३,६ र ११ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये १ जना भारतबाट आएका, २ जना स्वास्थ्यकर्मी तथा १ जना स्थानीयबासी रहेको चौंलागाईंले बताए।यो संगै झापामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर