Aamsanchar

झापाका ६ जनालाई राष्ट्रिय सम्मान

Author Image
शनिवार, असोज ३, २०७७

हरेक बर्ष समाजमा उत्कृष्ठ काम गर्नेहरुलाई सरकारको तर्फबाट प्रदान गरिदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस बर्ष झापाबाट ६ जना व्यक्तित्वहरु विभुषित हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसको अवसरमा देश भरबाट सार्वजनिक भएको नाम मध्येबाट झापाबाट ६ जना व्यक्तित्वहरु छनौटमा परेका हुँन् । झाप सहित देशभरका ५९४ जना विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित हुने भएका छन् ।

झापाका ६ जनामा सामज सेवा रत्नबाट अर्जुनधारा–५ का सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, जनसेवा श्री पञ्चमबाट मेचीनगर–१० निवासी माया गुरुङ, र्कीतिमय राष्ट्रीय चतुर्थबाट बिर्तामोड–१ का विल्सनविक्रम राई छन् ।

त्यस्तै प्रवल जनसेवा श्री चतुर्थबाट दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल छन् ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 502

प्रतिक्रिया (०)

सम्बन्धित खबर