Aamsanchar

झापा गौरादहका दुई युवा लागुऔषध सहित पक्राउ

Author Image
आइतवार, असोज ४, २०७७

झापा । झापाको गौरादहबाट प्रतिबन्धित लागूऔषध ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध ओसारपसारमा संलग्न हरुलाई १५८ बोतल ईस्कफ सहित असोज ३ गते झापा गौरादह नगरपालिका वडा नंं ९ बैगुनधुराबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा झापा गौरादह ३ का २७ बर्षेय प्रमानन्द राजबंशी र सोही ठाउँका बर्ष २२ का राजेश महतो रहेका छन् ।
उनहिरुलाई लागुऔषध कारोबारमा संलग्न रहेको गोप्य सुचनाको आधारमा स. ५६३० नं.को मोटरसाईकल सवार गर्दै गरेको अबस्थामा रोकी प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएका दुबैजनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर