Aamsanchar

लुकेको प्रतिभा खोज्न, रागिनी आइडल सिजन–३ आयोजना हुँदै

Author Image
सोमवार, असोज ५, २०७७

बिर्तामोड। असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’ हुने भएको छ । यसअघि भएका दुई वटा सिजनको भव्य सफलतापछि रागिनी संगीतालय भद्रपुरको अयोजनामा तेस्रो संकरणको ‘रागिनी आइडल सिजन–३’ हुन लागेको हो ।

निर्णाक भरत मैनालीका अनुसार प्रतियोगिताका लागि प्रतियोगी छनोट गर्न फारम वितरण भइरहेको छ । यसअघिका संस्करणहरु स्टेज मार्फत् गरिएको भए पनि यस पटक कोरोना भाइरस कोभिड–१९ का कारण अनलाइन मार्फत् अडिसन हुने मैनालीले बताए। ‘अनलाइनमार्फत् नै विजेता छनोट गरिने छ ।

असोज १४ गतेसम्म विभिन्न शाखा एवम् सम्पर्क मार्फत् फारम वितरण भइरहेको छ । “अडिसनमा आफ्नो च्वाइस अनुसार कुनै पनि नेपाली गीत गाउन सक्नेछन्”, मैनालीले भन्नुभयो, “त्यसपछिका अडिसनमा प्रतियोगिताको नियम अनुसार गाउनु पर्नेछ ।”

यसअघि रागिनी पहिलो सिजनमा रचना रिमाल र दोस्रो सिजनमा अनिस लिम्बूले उपाधि हात पारेका थिए । रचना रिमाल नेपाल आइडलको टप आठमा पर्न सफल भइसकेकी छन् ।

प्रतियोगिताको जजमा दिपक लिम्बू, भरत मैनाली, सर्मिला सिग्देल र ताराविर पाण्डे रहेका छन् । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले नियमति रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर