Aamsanchar

झापाका स्थानिय तह, शैक्षिक र वित्तिय क्षेत्रमा जनकार्वाही गर्ने (विप्लव) समूहको चेतावनी

Author Image
सोमवार, असोज ५, २०७७

झापा ।  कोरोनाका नाममा स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको भन्दै रोरोना संक्रमणको समयमा भएको खर्चको विवरण तीन दिनभित्र सार्वजनिक गर्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई अल्टिमेटम दिएको छ।

खर्च सार्वजनिक नगरिए कारबाही गर्ने सो पार्टीले चेतावनी दिइएको भन्दै  करोडौं रुपैयाँ अनाआवश्यक खर्च गरेको सो पार्टीको निष्कर्ष छ।

पार्टीकाझापा सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापाका सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्ट्रचार र बढेको बेतिथिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको लेखिएको छ।

विप्लव माओवादीले झापाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको दाबी गर्दै त्यसलाई रोक्न माग गरेको छ। विज्ञप्तिमा निजी शिक्षण संस्थालाई जनप्रतिनिधिले साथ दिएर जनताको ढाड सेक्ने काम गरेको सो पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

विप्लव माओवादीले वैंक तथा वित्तीय संस्थाहरुले मध्यम वर्गीय व्यक्तिलाई किस्ता र ब्याजको ताकेता गरेरकाले त्यो तत्काल बन्द गर्न आग्रह गरेको छ। विप्लव माओवादीले आफ्ना मागको विषयमा गम्भीर बन्न आग्रह गर्दै जनताको हितमा काम नगरे जनकारवाही गर्ने चेतावनी समेत दिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर