Aamsanchar

स्याङ्जामा भूक्षय : एकै घरमा ९ जनाको मृत्यु

Author Image
बिहिवार, असोज ८, २०७७

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक ९एसपी० होविन्द्र बोगटीले रातोपाटीलाई बताए । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।

पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।

बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले रातोपाटीलाई बताए । १० जनामध्ये उमाकला नेपाली पाहुना रहेको र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् । रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर