Aamsanchar

यामाहाको रे जेडआर १२५ एफआई सार्वजनिक

Author Image
बिहिवार, असोज ८, २०७७

बिर्तामोड । प्रतिष्ठित कम्पनी यामाहाको नयाँ उत्पादन रे जेडआर १२५ एफआई बिर्तामोडमा पनि सार्वजनिक गरिएको छ ।
कलाकार विल्सन विक्रम राई र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले संयुक्त रुपमा रे जेडआर अनावरण गरेर बिर्तामोडमा नयाँ स्कुटर आईपुगेको संदेश दिइएको थियो ।

बिहिबार बिर्तामोड स्थित यामाहा कम्पनीको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिकमा आयोजित कार्यक्रममा ‘स्टाइल र फिचर भएको १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको एक स्मार्ट स्कुटर रहेको ट्रेडलिकका संचालक विनोद बस्नेतले जानकारी दिएका छन् ।

स्कुटरमा अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाइट, नयाँ डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटरलगायत फिचर रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर