उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कारको शिकार बन्न पुगेकी छन् । किशोरी बलात्कारमा संलग्न भएको आरोपमा त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 83