Aamsanchar

शुक्रबार राती बिर्तामोडमा सडक दुर्घटनामा परी एकको मृत्यु

Author Image
शनिवार, असोज १०, २०७७

झापा ।   झापाको बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई शुक्रबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मेचीनगर नगरपालिका ११ धाइजनका ६८ वर्षीय विर्खध्वज काम्वाङको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हायस चालक झापाको भद्रपुर १ का ३८ वर्षीय बाबुराम कट्टेललार्य नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

लकडाउन खुल्ला भए संगै सडक दुर्घटनाका घटनाहरु बढन थालेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर