Aamsanchar

पद्मिनी एकादशी व्रत महिमा

Author Image
आइतवार, असोज ११, २०७७

अधिका अर्थात अधिक महिना जसलाई मलमासपनि भनिन्छ । त्यसै , मासको शुक्ल पक्षको शुक्लपक्षको एकादशी तिथीमा पद्मिनी एकादशी पर्दछ ।

यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसँग जोडिएको छ, यी सबै प्रसंगलाई हामी आज केलाउने छौं । एकादशी महात्मयबाट हामी यस एकादशीको व्रतकथा, विधी अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौं ।

कर्तव्य अर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औं महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रुपमा मनाइन्छ ।

शरीर, आत्मा, दिमाग अनि विचारको शुद्धिकरणका लागि पद्मिनी एकादशीलाई लिइन्छ, पुरुषोत्तम महिनाको गुरुत्व वल, पवित्रता अनि दैविक शक्तिको प्रभावले यस एकादशी झनै फलिफाप गराउने एकादशीका रुपमा स्थापीत छ है ।

श्री हरि विष्णुको महिमागान गरिने यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । मनमा हरि हुनु अतिआवश्यक मानिन्छ, हरि एउटा चेतना हो अनि परमात्माको स्वरुप पनि तसर्थ हरेक मानवले मनमा हरिलाई बसाउन जरुरी रहेको हाम्रो पूर्वीय सनातन सस्कारले आव्हान गर्दछ ।

श्रीमद्भागवतमा पनि कलियूगमा पापको अधिकता हुने भएकाले हरिनामको भजन, अनुसरण अनि आत्मसाथले मुक्ति पाउन सकिने सरल मार्ग प्राप्त हुने बताइएको छ । पद्मपपुराणको अनुसार हरि नामको जापले बैकुण्ठ प्राप्त हुने बताइएको छ ।

वेद अनि पुराणहरुमा भगवान बिष्णुलाई श्रृष्टिको पालनहार मानिएको छ, मानव जीवनसंग समबन्ध राख्ने सुख र दुखको चक्र हरिको हातमा रहेको भनिन्छ । हरिको यहि गुणलाई महत्व दिएर लक्ष्मीपती हरिको हजारौं नामहरु समावेश गरिएको बिष्ण्ुासहस्रनाम ग्रन्थ कुँदिएको छ । यसमा हरिका नामहरु अनि व्याख्या रहेको छ, सस्कृत भाषाको अपार मिठास अनि पवित्रतालाई यस ग्रन्थमा उजागर गरिएको छ । नेपाली जीवन परिवेशमा केही दशक अघिसम्म यस ग्रन्थलाई अक्षर चिन्न, पाठ गर्न र हरेक बिहानको पाठमा समावेश गरिन्थ्यो तर समय संगै यस्ता उपासना, अध्ययन अनि भक्तिहरु हामीले आधुनिकताका नाममा फाल्दै आएका छौं ।

नमो स्तवन अनंताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षि शिरोरु बाहवे।
सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नमस्।।

यस मन्त्र हरिको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण मन्त्र मध्य हो जसले सनातन सस्कारका दुई धार शिवमार्ग र बैष्णवलाई एकै धारमा जोड्ने कार्य पनि गर्दछ । बिष्ण्ुा अर्थात हरिलाई शिव, शम्भु, ईशान र रुद्रका नाममा सम्वोधन गरिएको छ ।

महाभारतमा ईच्छा मृत्यू वरदान भएका भीष्म पितामह वाणहरुको शैयामा मृत्यू पर्खेर रहँदा यूधिष्ठिरले उनलाई जगतका पालनहारका बिषयमा सोधेका हुन्छन् । यसवखत भीष्मले हरिको महत्व दर्शाँउदै विष्णु सहस्रानाम उल्लेख गरेका छन् । हरिका हरेक नामको सैयौं तवर अनि अर्थवाट उजागर गरिएको यस सहस्रानामको जापले हरेक यूगमा मनुष्यलाई साथ दिने र जीवनको अर्थ र उपस्थिती बढाउने भीष्मले बताएका छन् ।

व्रतकथा
कर्तविर एउटा प्रकाण्ड बिद्वान अनि कुशल राजा थिए तर पुत्रलाभ नभएको कारणले उनलाई धेरै सताएको हुन्छ ।
यज्ञ, दान, अनुष्ठान आदि जेसुकै गरेपनि उनलाई पुत्रलाभ हुँदैन तसर्थ सबै राजकाज त्यागेर जंगलमा घोर तपस्या गर्ने उनले निर्णय लिन्छन् । यसरी उनले जगंलमा हजारौ वर्ष तपस्या गर्दछन् र यसरी कठोर तपस्या गर्दा उनकी श्रीमती पद्मिनीे उनलाई साथ दिन्छिन् ।

कठोर तपस्याले राजाको शरीर सिन्का जस्तै भइसक्दा पनि उनले भगवानको दर्शन पाँउदैनन । उनकी श्रीमती पद्मिनी ले प्रकाण्ड तपस्वी अत्रि महर्षिसंग सल्लाह गर्दछिन र महर्षिले राजारानीको पूर्वजन्मको पापका कारणले तपस्याको फल नपाएको तर पुरुषोत्तम मासमा हुने एकादशीको व्रत लिएमा सबै पापमोचन हुने वताँउदछन् । रानी पद्मिनी ले भने बमोजिम गर्दछिन्, यस एकादशीमा रितपूर्वक भगवान बिष्णुको प्रतिमा स्थापना गर्दछिन् । चोखोनितो भएर निष्ठापूर्वक एकादशीको व्रत गरेर, बिष्णुको भक्तिभाव गर्दछिन् । यसो गर्नाले भगवान प्रसन्न भएर राजा कर्तवीर र रानीले भगवान हरिको दर्शन पाँउछन ।

उनीहरुको पुत्र कर्तव्यअर्जुनको जन्म यसपश्चात भएको मानिन्छ । कर्तव्यअर्जुनलाई विश्वमा केवल बिष्णु स्वयमले मात्र वध गर्न सक्ने नत्र उनलाई अमरत्वको वरदान हुन्छ, भविष्यका लेखहरुमा हामी यी कर्तव्यअर्जुनको बारेमा पनि वर्णन गर्ने छौं भने आजका लागि यस एकादशीको व्रतविधीमा संक्षेप प्रस्तुत गर्न तर्फ लाग्दछौं ।

सूर्योदय अघि उठ्ने, प्रातस्नान गर्ने अनि मन र तन दुबै शुद्ध गर्न भनिन्छ । एकदिन अगावै लसुन, प्याज लगायत माछामासु बिनाको सात्वीक भोजन गर्नपर्ने हुन्छ । पीतलका भाँडाको प्रयोग यस एकादशीमा बिशेष रुपमा बन्देज लगाइएको छ । दिनभरि भगवानको भजन, किर्तन, व्रतकथा श्रवण गर्ने अनि राती जाग्राम गर्न जरुरी मानिएको यस एकादशीमा व्रतालुहरुले फलाहारको सेवन गर्नुपर्ने हुन्छ । राती सुत्न परेमा पनि जमिनमा सुत्न पर्ने हुन्छ भने भोलीपल्ट पञ्चामृतको सेवन र अभिसेचनका साथ तुलसीको पात, धुप अनि अगरवत्तिको सुगन्धसंगै व्रत अन्त्य गरिन्छ ।

आधुनिक बसनातन सस्कार ओझेलमा पक्कै परेका हुन तर बिज्ञानको जड भने यतै रहेको र यतैवाट गएको पाइन्छ । हरेक एकादशीको १५ दिनको फरकमा सात्वीक भोजन, फलाहार, भक्तिभाव र समर्पण भावले मानव हृदयलाई पुलकित गराँउदछ । अहिलेका बिभिन्न पेट, अनिन्द्रा, डिप्रेशन, रक्तचाप लगायतका रोगहरुको दिर्घनिदान यीनै एकादशीहरुको व्रत र भक्तिभावमा हुन्छ । मान्छेलाई आफ्नो उपस्थिती अनि प्रेमभाव तथा शान्तप्रिय बनाउन शदियौंदेखि एकादशीहरुले प्रेरित गरिआएका छन् ।
यस पद्मिनी एकादशीको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर