Aamsanchar

झापाका स्थानिय निकायले फोहोर व्यवस्थापन ऐनको पालना गरेनन् !

Author Image
बिहिवार, असोज १५, २०७७
फोहोर व्यवस्थापन ऐन २०६८, ले फोहोर व्यवस्थापनको प्रमुख दायित्व स्थानीय सरकारको रहने व्यवस्था गरेको भए पनि झापाका स्थानिय तहहरुले आत्मसाथ गर्न सकेका छैनन् ।
कानूनले निर्देशन गरेको कुरालाई पालना, कार्यनयन गर्न स्थानिय सरकार असक्षम बन्नु भनेको नागरिकले स्वक्ष बातावरणमा सासफेर्न बाट बन्चित बन्नु हो ।  नीति, प्रविधि, योजना तथा बजेटले सम्बोधन गर्न आवश्यक छ । सरकारी संयन्त्र, निजी क्षेत्र तथा प्रत्येक नागरिकले आ आफ्नो जिम्मेवारी बुझेर काम गरे सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । फोहोर व्यवस्थापन सम्बन्धी प्रविधि, उद्योग वा अन्य केही काम गर्न ईच्छुक जनशक्तिलाई राज्यले जग्गा उपलब्ध गराउने, करमा छुट, विद्युत शूल्कमा सहुलियत लगायतका कामलाई प्राथमिकता दिए दीगो फोहोर व्यवस्थापनमा टेवा पुग्ने देखिन्छ ।
विर्तामोड नगरक्षेत्रमा फालिने गरेको फोहोर ।
अहिले झापाको १५ वटै स्थानीय निकायको अवस्था हेर्दा कुनै पनि ठोस, दीर्घकालीन योजना साथै कुनै सस्थालाई फोहोर प्रसोधन गर्न/ गराउन दिएको छैन ! झापाको मुख्य शहर हरु मध्ये धेरै आवास संगै ब्यापारिक केन्द्र हो बिर्तामोड ! दैनिक रुपमा औसत १० टन भन्दा माथी फोहोर उत्पादन हुन थालेको छ भने जस मध्ये ७०% प्लास्टिक जन्य फोहोर हरु हुने गरेको छ ! जुन सबै भारतिय बाट आउने मजदुर हरुले आइ फोहोर लाई संकलन गरि मनग्ये आय स्रोतको माद्यम बनाएका छ्न ! स्थानीय निकाय यो बिसयमा बेखबर नभएको भन्ने पक्कै हैन! कहिले फोहोरमा राजिनीति त कहिले स्थानीयको गुनासो, एकले अर्कालाइ दोसारोपण गर्दा गर्दै झन झन समस्या हरु बड्दै गै रहेको अवस्था छ त्यसो त कन्काइ नगरपालिकामा बनिन लागेको बायो प्लाटमा सयुक्त रुपमा कन्काइ, बिर्तामोड र अर्जुनधारा नगरपालिका बाट निस्कने फोहोर लाई ब्यबस्थापन गर्नका लागि प्लाण्ट निर्माण कार्य धमाधम भै रहेको छ ।  निर्माण कार्य सम्पन्न हुन अझै केही बर्स लाग्ने छ त्यो बेला सम्म नगरले कसरी फोहोर ब्यबस्थापन गर्ने त्यो नै चुनौतीको विषय बनिदै गएको छ ।
विर्तामोड नगरक्षेत्रमा फालिने गरेको फोहोर ।
अहिले नगरपालिकाले रिङ सडक क्षेत्रका फोहोरहरु मात्र संकलन गर्दै आइरहेको छ र केही पर महेन्द्र राजमार्ग आसपास खाल्डो खनेर पुर्ने गरेको छ साथै अस्पताल बाट उत्पादन हुने फोहोर हरुको पनि ब्यबस्थापन हुन सकेको छैन ! पुर्ब मेचिनगरको हकमा खोला नदि प्रसस्तै भएको कारणले फोहोरमैला लाई सजिलै ब्यबस्थापन गरिदै आइएको छ मेचिनगरको काकरभिट्टा स्थित नाइट चेस क्लब साथै धुलाबारी खानेपानीका टेक्टरले उठाउने गरेको छ र नगरकै गाडीले धाइजन चारालीको फोहोर उठाउदै आइ रहेको छ! दमक नगरपालिकाले बिगत ३-४ बर्ष देखी पाथ वे भन्ने सस्थालाइ फोहोर ब्यबस्थापनको ठेक्का दिएको थियो भन्ने पछिल्लो दिन मा फोहोरमैलाको उचित ब्यबस्थापन हुन नसक्दा बादबिबाद आइ रहेको छ । अरु पालिका हरुको हकमा खोलाको किनार साथै जङ्गलमा लगेर पुर्दै आइ रहेका छ्न ! फोहोरको उच्च चापले हाम्रो नवीनता, सोच, बानी, ब्यवहारमा पनि प्रश्न चिन्ह खडा गर्दै आइरहेको छ पछिल्ला दिनहरुमा ।
अर्जुनधारा नगरक्षेत्रमा फालिने गरेको फोहोर ।
फोहोर लाई उचित ब्यबस्थापन गर्न सके यहि फोहोर बाट प्रत्येक बर्ष करोडौं रुपैयाँ आम्दानी गर्न सकिन्छ ! बिदेश पलायन हुने युवाहरुलाइ स्वदेशमै रोजगारीको ब्यबस्था गर्न सकिन्छ राज्यले गर्न चाहेको खण्डमा   यस्ता विषयमा राज्य मौन छ !  प्रत्येक बर्ष करोडौं रुपैयाँ बाहिरी रहेको छ ! स्थानीय निकायले बाटो बिजुली बत्ती लाई मात्रै प्राथमिकता दियो भने झन ठूलो चुनौती थपिदै जानेछ त्यसको प्रत्येक्ष असर हामि आम जनता लाई नै पर्छ ! प्लास्टिक जन्य फोहोर हरु जथाभावी डढाउनाले बायुमण्डल प्रदुषण हुनुका साथै ओजोन तहमा रास आउछ र त्यसको असर प्रत्यक्ष रुपमा हाम्रो फोक्सोमा पर्न जान्छ ! त्यसले गर्दा सकेसम्म हामीले दैनिक रुपमा प्रयोग गर्दै आउने प्लास्टिक जन्य सामाग्री हरुलाई प्रयोग गर्न कम गर्नु पर्छ ! आफ्नो घरबाट उत्पादन हुने, पुन प्रयोग गर्न सकिने सामाग्री हरुलाइ घरमै ब्यबस्थापन गरियो भने केही हद सम्म फोहोर उत्पादनमा कमि हुन सक्छ की ?
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 504

प्रतिक्रिया (०)

सम्बन्धित खबर