Aamsanchar

कृषि क्रान्तीमा झापाको मोर्डन एग्रिकल्चल

Author Image
शनिवार, असोज १७, २०७७

चारपाने । झापाको मेचीनगर नगरपालिका वडा नंं १४ धाईजन स्थित मोर्डन एग्रिकल्चर फार्म यतीवेला कागती उत्पादनको हव बनेको छ । झापा जिल्लाकै ठुलो यस कागती बगानमा दैनिक कृषि पर्यटक र व्यापारी र खुद्रा क्रेताको बाक्लो उपस्थिती हुने गरेको छ ।

मेचीनगरका दुई युवा चन्द्र पौडेल र सौरभ कानुले ७ बिघा क्षेत्रपलमा लगाएको कागती खेती राम्रो हुदै गएपछी थप ४ विघामा कागती लगाएको छ । २०७२ साल देखि सुरु गरेको यस कृषि कर्मले यतीवेला धेरैलाई चकित बनाएको छ । संचालक द्वय पनि खुशी छन् उनिहरुको लागि अब जीवनभरी रोजगारी खोज्न अन्त जानुपर्ने बाध्यता टरेको छ ।
परिवारबाट टाढा पनि हुनु पर्दैन । आफ्नै ठाउँमा गरीखाने आधार तयार भएको छ, त्यो पनि दाम र नाम कमाउदै ।

दुई युवाले कृषिमा आत्मनिर्भर बन्न बनाएको योजनाले आफ्नो परिवार राम्रै संग चलाएका छन् । साथै फार्ममा निमित काम गर्ने अरु १२ परिवारको घर पनि उत्तम ढंगबाट चल्ने बनाई दिएका छन् । भविश्यमा धेरैलाई रोजगारीको अबसरको माध्ययम मोर्डन एग्रिकल्चर फार्म बन्ने निस्चित देखिन्छ ।
काममै मात्र रमाउने स्वभाव भएका चन्द्र पौडेल अब अरुलाई काम गर्न सिकाउने भएका छन् । औचारिक कृषि अध्ययन नगरेको भए पनि अनुभवले गर्दा कागती खेती गर्ने तरिकार उत्पादन देखि बिक्री कसरी गर्ने भन्ने विषमा इच्छुकहरुलाई बताउन, बढाउन सक्ने प्रशिक्षक बनेका छन ।

कागती खेती स्थल पुग्दा गरे के हुदैन र झापाको माटो कहाँ बैगुनी रछ र भन्ने लाग्छ, सामान्य मेहनतमै बार्षिक लाखौं कमाई गर्ने माध्यम कागती खेती बन्न सक्दो रहेछ त्यस्तै अन्य खेती पनि आर्थिक लाभको राम्रो श्रोत बनेको धेरै उदाहरणहरु हाम्रो गाउँघरमा देख्न थालिएको छ ।
नेपालमा कृषि उत्पादनको माग धेरै छ उत्पादन भने धेरै कम छ । बजारको समस्या त हुदैन थियो तर सरकारको नीतिका कारण कृषकहरु मारमा परेको दुखेसो गर्छन कृषक पौडेल, उनिभन्छन ‘सरकारले भारतबाट आउने विषधीयुक्त कागती लगायतका कृषि उत्पादन नेपाल ल्याउन प्रतिवन्ध गर्नु पर्छ । हैन सरकारले नितीगत त्यसो गर्न सक्दैन भने भारतका कृषकले पाउने जस्तै मल विउ, सिचाई, उपकरण अनुदान दिनु पर्छ, हामि उत्पादन बढाएर भारत लगात अन्य मुलुकबाट आउने तरकारी नेपाल आउनै नसक्ने बनाई दिन्छौं ।

उपभोक्ता आज सस्तो कै कारण भारतबाट आउने विषाधि कृषि बस्तु उपभोग गरिरहेका छन् सरकार कृषि प्रति सकारात्मक हुने हो भने, हामि विषाधि प्रयोग नगरेकै उत्पादन भारतको भन्दा सस्तो मुल्यमा बजार पुर्याउन सक्छौं।’ उनि थप्छन सरकारले अनुदानको नाममा रकमको चरम दुरुपोग गरिरहेको छ त्यसो गर्नुको साटो हरेक प्रदेशबाट कागतिको विज्ञता हाशिल गराउन विदेशमा सिक्न प्रविधिक हरुलाई पठाएर बैज्ञानिक बनाएर नेपाल ल्याउने हो भने देशलाई धेरै फाईदा हुन्छ, हामि अहिले विज्ञ प्राविधिक नपाएर अफ्ट्यारोमा परेका छौं ।

१२ महिना उत्पादन दिने सुन कागती समुद्र सतहबाट १४ सय उचाई सम्म लगाउन सकिन्छ नेपालको रैथाने कागती भनेको सुन कागती भने होईन, पहाडमा लगाईने युरिका नाम दिईएको हो त्यो कागतीको आकार अली लाम्चो र ठुलो हुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 654

प्रतिक्रिया (०)