Aamsanchar

डा.केसीको समर्थनमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलित

Author Image
आइतवार, असोज १८, २०७७

काठमाडौं – चिकित्सा क्षेत्रका शिक्षाको माग राख्दै १९ औँ अनशन बसिरहेका डा गोविन्द केसीको समर्थनमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। डा केसीको माग पूरा गर्न दबाबका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा ठप्प पारेका छन्। उनीहरुले आफू अध्ययनरत अस्पताल प्रांगणमा दिउँसो १ बजेदेखि धर्ना बसेको नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले जनाएको छ। सरकारले २४ घन्टाभित्रमा वार्ता टोली गठन नगरेमा थप कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत उनीहरुले दिएका छन्। रेसिडेन्ट चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार सरकार हुने समेत जनाएको छ। तीनवटै चिकित्सा संस्थामा गरी करिब ८ सय १० जना रेसिडेन्ट चिकित्सक छन्।

२१ दिनदेखि आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। शिक्षण अस्पतालमा आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ। २१ दिनदेखि अनसनरत उनले निरन्तर छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ। उनलाई अक्सिजन सपोर्टमा राखिएको छ। केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका(६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गरेका हुन् । तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्ता नै नगरेपछि उनी ८ औं दिनमा जुम्ला छोडेर काठमाडौं आइपुगेका थिए। उनलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्‍ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्‍न चिकित्सकहरुले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर