Aamsanchar

ओखलढुङ्गाका एक जनप्रतिनिधी यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

Author Image
मङ्गलवार, असोज २०, २०७७

ओखलढुंगा । ओखलढुङ्गाका एक जनप्रतिनिधीलाई यौन दुर्व्यवहारको आरोप पक्राउ परेका छन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राईले जनप्रतिनिधीले मर्यादा बिस्रिए पछि स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए । “करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर