Aamsanchar

८ केजी लागु औषध अफिमसहित एक जनालाई पक्राउ

Author Image
बुधवार, असोज २१, २०७७

वीरगन्ज –पर्सामा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ तीनडोयिबा गाँउका २९ वर्षीय खोवारीप्रसाद कुर्मी ८ केजी अफिमसहित पक्राउ परेका हुन्। विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार मध्यरातमा कुर्मीको घरमा छापा मारेर अफिमसहित उनलाई पक्राउ गरेको हो।

कुर्मीको घरमा छापा मारेर खानतलाशी गर्दा घरभित्र लुकाइ राखेको आठ वटा पोकामा रहेको ८ केजी अफिम बरामद भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अफिमसहित पक्राउ परेका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरीयाकै हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर