Aamsanchar

ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट

Author Image
बुधवार, असोज २१, २०७७

ताप्लेजुङ — चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।  नेपाल चीनको सिमाना टिप्तालाभञ्ज्याङ नजिकै मौवाटारमा राख्ने बिओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोलामा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए । भवनसहित संरचना बनेपछि गोलाबाट स्थानान्तरण हुने छ । ओलाङचुङगोलाबाट टिप्तालाभञ्ज्याङ २१ किलोमिटर दुरीमा छ भने मौवाटार १३ किलोमिटर । शेर्पा समुदायको चौरी चरनको क्षेत्रको रुपमा रहेको मौवाटारमा अहिले सामान्य गोठबाहेक कुनै पनि संरचना छैन ।

बिओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले बताएका छन् । गोलामा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० नेतृत्वमा २१ जना प्रहरीको टोली बस्ने भएको छ । ३५ जनाको दरबन्दी भए पनि तत्कालका लागि २१ जनामात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ । उद्घाटन कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका टोली हेलिकप्टरवाट गएको थियो । यसअघि भातरसँगको सिमावर्ती पाँचथरको चिवाभञ्ज्याङ लगायतका स्थानमा बिओपी स्थापना भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर