Aamsanchar

बिश्वभरिमा २ अरब ५० करोड ९० लाख ६० हजारमा दृष्टि समस्या

Author Image
बिहिवार, असोज २२, २०७७

नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात मारौं ।

आज बिश्व दृष्टि दिवसका दिन सवप्रथम हाम्रो पात्रो संझन चाहन्छ, हाम्रा दृष्टिबिहीन प्रयोगकर्ताहरु, अनि दृष्टिमा बिभिन्न कारणले समस्या आएका लगायत अन्य सम्पूर्ण प्रयोगकर्ताहरु लाई । वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेंर हामीले बुझेकै छौं र यसै अनुसार आफ्नो स्वास्थ अनि जीवनशैली पनि दिर्घदृष्टिका हेतुले अघि बढाउने छौं आशा छ ।

हामीले देख्ने हिमाल, हरियाली, रंगहरु, अनुहार अनि तिनका आकार, मुस्कानको प्रकृती अनि फरक र समानता दृष्टिबिहीन साथीहरुका लागि अनुभव गर्न तुकबिहीन नै हुन्छ । थोरै बिश्वव्यापी तथ्याकं को साराशं लिऊ, बिश्वभरि करिब ३ करोड ६० हजार मान्छेहरु दृष्टिबिहीन छन् भनें २ अरब ४६ करोड हाराहारी मान्छेहरु कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्यावाट प्रभावीत छन् । स्मरण रहोस् बिश्वभरि नै कूल दृष्टिबिहीन जनसख्याँको ९० प्रतिशत बढि जनसख्याँ न्यून आयश्रोत भएका र आर्थिक रुपमा बिपन्न परिवारमा बस्दछन् ।

बिश्वभरि दृष्टिबिहीन जनसख्याँमध्य बालबालिका को सख्याँ भनें १ करोड ९० लाखको हाराहारीमा रहेको छ ।
दृष्टि अनि त्यस्को स्वस्थ र उपचार आजको बिश्वका लागि ठूलै चुनौती भएको छ, यस्तै मुद्धाहरुका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।

बिश्वमा यस्ता नेत्र अनि दृष्टिका कुराहरु र सवाललाई मुलधारमा ल्याउन आईएपीवी अर्थात दृष्टिबिहीनताको रोकथामका लागि अन्तराष्ट्रिय सस्था सन् १९७५ देखि कार्यरत छ । यसपाला सन् २०१७ को नारा भनें आफ्नो आँखाको ख्याल गरेको कुरा झल्काउने एउटा फोटो पठाउनुहोस् भन्ने रहेको छ ।

कसैले चश्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता बिभिन्न तस्वीरहरुले पठाएका यस सस्थाले जानकारी दिएको छ । नेपालमा पनि दृष्टिबिहीनहरुको हकहितका लागि बिभिन्न संघसस्थाहरु कार्यरत छन् जस्मा नेपाल नेत्रहीन संघ भनें छाता संगठनका रुपमा कार्य गर्दछ । त्यस्तै बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरु लगायत अन्य सञ्जालहरु जस्तै नेपाल नेत्रज्योती संघहरु ले नेपालभरि नेत्रज्योतीका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।

नपाली गाँउघरमा आफ्नो दृष्टिको हेरबिचार गर्नका लागि पर्याप्त जानकारी हरु दिन सकेको अवस्था छैन भनें आँखाको उपचारका लागि तुलनात्मक रुपमा सर्वसुलभ अस्पतालहरु त्यति छैनन् । बिराटनगर आँखा अस्पताल, लाहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगयत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लव द्धारा आँखा पचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरु छन् । मोफसलका आँखा अस्पतालहरु बिशेषज्ञता अनि प्रविधीगत हिसाबले कमजोर नै छन् र यिनको प्रभावकारीतामा नै नेपालीको दृष्टिको दिर्घायू लुकेको छ ।

एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतीका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । अहिले पनि अचाक्ली धुलोधुँवाले गर्दा शहरी क्षेत्रमा बस्ने नेपाली हरु आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन्, काठमाडौ लगायतका शहरमा दैनिक हिँड्ने मान्छेहरुले सँधै जसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुँवाले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याँउदछ, सरकार अनि भर्खरै निर्वाचीत जनप्रतिनीधीहरु मौन रहन नहुने अवस्था छ ।

सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढि आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरु भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदहारणीय देश हो ।

आफ्नो आँखाको ख्याल गर्नुहोला अनि आँखा नहुने हरुलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुबै तर्फको आँखाको ख्याल गरौं ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर