Aamsanchar

व्यक्तिको चरित्रहत्या गरेको अभियोगमा कर्णाली एचडीका युट्युवर पक्राउ

Author Image
बिहिवार, असोज २२, २०७७

काठमाडौं । व्यक्तिको चरित्रहत्या गर्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली एचडी युट्युव च्यानलका सञ्चालक पसल रोकायालाई प्रहरीले पक्राउ गरी साइबर अपराधको मुद्दा अगाडि बढाएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका ७ रोकाया वडागाउँका रोकायालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रोकायाले कर्णाली एचडी युट्युव च्यानल तथा फेसबुक पेज, कर्णाली आवाज डटकम वेबसाइट र अन्य फेक अकाउन्ट बनाएर विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोप प्रहरीले लगाएको छ । साथै रोकायाले सीटीईभीटी तथा नर्सिङ काउन्सिलको परीक्षा तथा लोक सेवा परीक्षामा पास गराइदिने नाममा रकम समेत ठगी गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर