Aamsanchar

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु

Author Image
बिहिवार, असोज २२, २०७७

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्‍न माग राख्दै अनशनरत डा। गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा। केसीका प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ । डा। केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा। केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, संघका पूर्वअध्यक्ष डा। अञ्‍जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । चिकित्सा शिक्षा सुधारका लागि विभिन्‍न ६ बुँदे माग राख्दै डा। केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन सुरु गरेका हुन् । डा। केसीले आमरण अनशन सुरु गरेको आज २५ दिन पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर