Aamsanchar

१ नम्बर प्रदेशमा साढे तीन महिनामा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता

Author Image
बिहिवार, असोज २२, २०७७

विराटनगर – चालु आर्थिक वर्षको साढे तीन महिनामा एक सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोज १८ गतेसम्ममा १ नम्बर प्रदेशमा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ५५ वटा बलात्कारका घटना दर्ता भएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४ सय ८८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

बलात्कारका घटनाको विवरण हेर्दा कतिपय बालिका आफन्तबाटै बलात्कृत भएको देखिन्छ । खासगरी मादक पदार्थ सेवन गर्ने र लागू औषधका अम्मलीबाट नै बढी बलात्कार भएको देखिन्छ । बलात्कारीलाई कानुनी कारवाही गर्नु भन्दा समाजले त्यस्ता व्यक्तिलाई जोगाउन खोजेकाले पनि बलात्कारीको मनोबल बढ्ने गरेको पाइएको छ । सामाजिक सञ्जालको प्रयोगसँगै युवायुवतीले यौनजन्य कुरामा बढी चासो राख्ने गरेकाले बलात्कारका घटना बढ्दै गरेको प्रहरीको ठहर छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का सामाजिक सञ्जालको प्रयोगसँगै किशोरकिशोरीमा प्रेम प्रस्ताव राख्ने र त्यसबाट यौन सन्तुष्टि मेटाउन खोज्ने गरेकाले पनि बलात्कारका घटना बढेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर