Aamsanchar

बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली मानसीक रोगको कारक

Author Image
शनिवार, असोज २४, २०७७

सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफु अगाडि बढ्नु लाई जीत को परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल को परिधी बनाएका छन् अनि तनाव पूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।

यस्ता प्रतिनिधी  जस्ता अरबौं मानिसहरु एक खित्का पनि नहाँसी अनि तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरु त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।

मानसिक स्वास्थको यिनै मुद्धा अनि परिवेशले ल्याएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानविय संवेदनात्मक सहयोग र भावनात्मक प्रार्थमीक उपचार हरु हुन् ।

जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरुलाई भौतिक प्राथमीक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दूर्घटनामा परेका ब्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमीक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् ।

जीवन अनमोल छ र यहाँ महत्वपूर्ण कुराहरु जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त विर्सिरहेका छैनौ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।

स्मरण रहोस्, हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन् , खुशी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन्, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलव्धी हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाँया को पछाडी कुद्न बन्द गर्दै जीवनको वास्तवीक मुल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सिमीत जीवनका दिनलाई रमाईलो गरि बिताउने साहस सबैमा होस् ।

विश्वभरि १ अर्ब मान्छेहरु मानसिक समस्यासंग जुधिरहेका छन्, यसरी मानसिक समस्याहरुसंग जुध्नका लागि भनेंर अनेक कुलतमा लागेकाहरु मध्य केवल अत्याधिक मदिराको सेवनले मात्र हरेक वर्ष ३० लाख मान्छेहरुको मृत्यू हुने रहेछ । हरेक ४० सेकेण्डमा विश्वको कुनै न कुनै कुनामा एकजना मान्छेले आत्महत्या गर्ने डरलाग्दो तथ्याकं विश्व स्वास्थ संगठनले दिएको पाइन्छ । कोभिड १९ महामारीले त झन विश्वभरिका मान्छेहरुमा थप मानसिक समस्या र नकारात्मक र निराशावादी सोचहरुको श्रृजना गरेको छ, यस वर्षको मानसिक स्वास्थ दिवसको महत्व अत्यन्त धेरै छ । व्यवसाह चौपट होला या बाँच्न कठिन होला, काम नहोला तर हरेक कालो बादल पछि चाँदीको घेरा हुन्छ भनें झैं आगामी वर्षहरुमा अगाडि बढ्ने र अहिलेको समयमा माग अनुरुप सुरक्षित रहने र स्मार्टली अघि बढ्ने सोच राख्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर